एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ६ : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ एवम् ईन्जिनीयरिँग सँगठन प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) धनुषा जिल्लाको नयाँ कार्यसमिति चयन भएको छ । ईन्जिनीयर राजेश कुमार महतोको अध्यतामा ५१ सदस्यीय धनुषा जिल्ला समितिको सचिवमा सँजय कुमार यादव चयन भएका हुन् । धनुषाको शहिदनगर नगरपालिकामा प्राविधिक तर्फ कार्यरत ईन्जियनीयर यादवलाई सचिवको लागि छनौट गरिएको हो ।

बुधबार भएको समितिको नयाँ कार्यसमितिमा उपाध्यक्ष ईन्जिनीयर सुनिल कुमार साह, सह–सचिवमा शाहिल मण्डल र कोषाध्यक्षमा शालिनी झालाई चयन गरिएको हो । समितिको सचिवालय सदस्यहरुमा ईन्जिनीयर राजीव साह, प्रविण चौधरी, सोनाली ठाकुर, रन्धीर सिँह, श्याम सुन्दर यादव, सरोवर कुमार कापर लगायतकालाई चयन गरिएको छ ।
धनुषाको ५१ सदस्यीय समिति चयन गरिएको हो । धनुषाका पदाधिकारी र सदस्यहरुको नामावली यस प्रकार छन् ।
