एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३ : विगत २० वर्ष देखि जनस्वास्थ्य पेशामा आबद्ध तथा १५ वर्ष देखि स्वंयसेवी भई सामाजिक सेवामा संलग्न राज कुमार महतो राजनीतिक सेवामा प्रवेश गरेका छन् । महतो मुसहर समुदायको उत्थानमा रहेको भोर नामक गैर सरकारी संस्थाको अगुवाका रुपमा चिनिएका व्यक्ति हुन ।
महतो भन्छन, ‘समाज र देशमा बृहत सकारात्मक दिगो परिवर्तनको लागि सिस्टम बाहिर बसेर गरेको कार्यले केही हद सम्म परिवर्तन आए पनि दिर्घकालिन रुपमा समाजमा ल्याउन खोजेको ठुलो परिवर्तनको लागि सिस्टम भित्र नै जानु पर्ने आवश्यकता महसुस गरी राजनीतिक सेवामा प्रवेश गर्नु परयो ।’

सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिकाको बबरगंजमा नेपाली कांग्रेस गाँउ कार्य समिती र क्षेत्र नं. १ ले फागुन २ गते आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश समारोहमा महतो संगै चन्द्रनगर गापाका ९७३ जना व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा भित्रिएका हुन । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले महतोलाई पार्टी प्रवेश गराएका हुन ।





