एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ : नेकपा प्रचण्ड–नेपाल समुहले आजको लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सडकमा परेको छ । पुर्व पश्चिम राजमार्ग सुनसान देखिएको छ भने बजार पसलहरु आशिंक रुपमा खुलेका छन् । प्रदेश २ को राजधानी जनकपुरधामको पसल बजार खुलेको छ भने बजारमा साना सवारी निर्वाध चलिरहेको छ ।

जनकपुरधामवाट चल्ने लामो दुरीका सवारी साधन भने चल्न सकेको छैन । प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संवैधानिक निकायमा पदपुर्तीको निर्णय असंवैधानिक र एक पछि अर्को संविधान विपरितको काम रहेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समुह आमहडतालको घोषणा गरेको छ ।

तर कतिपयले भने शुक्रवार (भोली) काठमाण्डौंमा ओली समुहको शक्ति प्रदर्शन समेत रहेकाले त्यसलाई निष्तेज गर्न आमहडताल गरिएको बताइरहेका छन् यद्यपि बन्दकर्ता समुहले प्रधानमन्त्री ओलीले गैरसंवैधानिक रुपमा संवैधानिक आयोगमा नियुक्ती गरेको विरोधमा आफुहरु आमहडताल गरेको बताइरहेका छन् ।






