एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ :
धनुषाको सबैला नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नगरस्तरीय कार्यकर्ता भेला सोमवार सम्पन्न भएको छ । धनुषा जिल्ला सभापति रामचन्द्र यादवको अध्यक्षता तथा पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य कृष्ण प्रताप मल्लको प्रमुख आतिथ्यमा भएको सो भेलाबाट ३९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

समितिको संयोजकमा परशुराम कुवर, सह–संयोजकमा इन्द्रिरा थापा र नागेन्द्र प्रसाद कापरलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा जयकिशोर राय, रामेश्वर यादव, श्याम सुन्दर साह, रामप्रसाद यादव, उत्तिमचन्द्र यादव, विशेश्वर ठाकुर, शंकर राय, जिवछ यादव, ठक्कन राय, मो. मोस्तकीम कवारी, शत्रुधन पजियार लगायतको रहेको छ ।

भेलामा केन्द्रिय सदस्य मनोज मल्ल, प्रेक्षा मल्ल, जिल्ला उपाध्यक्ष मो. दाउद शेष, सचिव कमलेश कुमार मण्डल, कोषाध्यक्ष आनन्द साह, पुरुषोत्तम सापकोटा, पारवती देवी ठाकुर सहितको उपस्थिति रहेको थियो ।