एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ : विभिन्न संगठनहरु परित्याग गरि करिव तिन दर्जन ईन्जिनियरहरु नेशनल ईन्जिनियरिङ्ग एशोसिशन नेपालमा प्रवेश गरेका छन् ।
एक समारोहका बिच इन्जिनियरहरुको विभिन्न संगठन तथा एशोसिएशन परित्याग गरिर कुनै पनि पार्टीमा आवद्वता नरहेको भनिएको एशोसिएशनमा उनीहरु प्रदेश गरेको एशोसिएशनका प्रदेश २ इन्चार्ज गौरी पण्डितले बताए ।

करिब ३० देखि ३५ जना ईन्जिनियरलाई प्रवेश गराइएको एशोसिएशनका धनुषा अध्यक्ष दिपक यादवले बताए । अगामि चैतमा ईन्जिनियरहरुको छाता संगठनको चुनाव हुने भएकाले ईन्जिनियरहरु समेत विभिन्न संग संगठनको विस्तारमा जुटेका छन् ।