एसपी रिपोर्टर
जनकपुरधाम, पुष १२ : नेपाल तराई ईन्जिनियर्स समाज धनुषा र महोतरीको अगुवाहरुको भेला सम्पन्न भएको छ । नेपाल इन्जिनियरिङ्ग एशोसिएसनको अगामि चैत २० गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरि धनुषा र महोतरीका समाजमा आवद्व अगुवाहरुलाई बोलाएर सो निर्वाचनमा सक्दो बर्चस्व र पहुँचका लागि छलफल भएको समाजका प्रदेश २ अध्यक्ष सिडिई भगवान झाले बताए ।

अन्तरक्रिया कार्यक्रममा संगठन विस्तार तथा एनटिएस परिवारमा यस क्षेत्रका प्राविधिक ईन्जिनियरहरुलाई कसरी जोडन सकिन्छ भन्ने कुरामा छलफल भएको छ । नयाँ योजना र प्रविधिमा पहुँचका साथै अवसरको बाटोहरुको मुल्याहङ्कन गरि समाजको विस्तारका लागि छलफल भएको झाले बताए ।
कार्यक्रममा समाजका पदाधिकारीहरु, समाजसेवक तथा सञ्चार उद्यमी बैद्यनाथ साह सहितको सहभागिता रहेको थियो ।