फाल्गुन, २५ गते ।
जनकपुरधाम : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपाका नेता प्रचण्डले गिरिजाबाबुको बारेमा गलत बोलेर प्रचण्ड आफु बच्ने प्रपञ्च रच्न थालेको आरोप लगाए ।
गिरिजा प्रसाद कोइराला फाउन्डेशनले जनकपुरधाममा आयोजना गरेको शान्ति प्रक्रियामा गिरिजा प्रसाद कोइरालाको भुमिका विषयक विचार गोष्ठी तथा महानायक समारिका बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सक्रमणकालिन न्यायको तरबार प्रचण्ड माथी झुन्डिरहेको समेत बताए ।
त्यसवेला गिरिजाबाबुसंग आफु अधिकांश समय बिताउने गरेको बताउदै शेखर कोइरालाले प्रचण्ड गिरिजाबाबुको बारेमा हिंस्रक कुरा गरेर आफु बच्ने उपाय निकाल्न थालेको बताए । उनले कार्यक्रममा कोरोनाको विषयमा बोले । दिनमा अनेकौ पटक हात धुन र हातले मुखमा नछुन अग्रह गर्दै कोइरालाले कोरोनावाट सचेत रहन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले कांग्रेसको मुख्य समस्या गुट उपगुट रहेको बताइन । नेतृ कोइरालाले बिचार गोष्ठीमा सभापती देउवा अर्थात विमले न्द्र निधीको पुरै खेमा नआएकोमा असन्तुष्टी व्यतm गर्दै आफनै पार्टीको कार्यक्रम बहिष्कार गरेको प्रति आक्रोस व्यतm गरेकी छन् ।
नेतृ कोइराला गुट उपगुटको खेती गरेर पार्टी कमजोर गर्ने काम भइरहेको बताइन । कार्यक्रममा कांग्रेसका नेताहरु रामकृष्ण यादव, राजपाका नेता व्रिखेसचन्द्र लाल सहितकाले आ–आफनो धारणा राखेका थिए ।