एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १६ :
जनकपुरधाममा बजाज कम्पनीका मोटरसाइकलहरुको लागि छुट्टै सर्भिसिंङ्ग सेन्टर सञ्चालनमा आएको छ । सो कम्पनीका गाडी ग्राहकहरु बजारको समान्य ग्यारेजहरुमा गाडी मर्मत र सर्भिसिङ्ग गराँउदा गाडीमा विभिन्न समस्याहरुको गुनासो आएकाले बजाजले आफनो कम्पनीको गाडी मर्मत सम्भारका लागि एक छुट्टै सर्भिसिङ्ग सेन्टरको मान्यता दिएको हो । जनकपुरधामका युवा एहसान कवारीले उपमहानगरपालिका वडा नं. ७ को तपसीचौकमा जनकपुर अटो नामक सर्भिसिङ्ग सेन्टर सञ्चालनमा ल्याएका हुन ।

यस सेन्टरमा कम्पनीको जेनुन स्पेयर पार्टसका साथै तालिम प्राप्त मेकानिक्सहरुद्वारा कम्पनीको कुनै पनि मोटरसाइकलको मर्मत सम्भार हुने र सेन्टर कम्पनीवाट मान्यता प्राप्त रहेको कम्पनीको जनकपुरधाम स्थित मोटरसाइकलका आधिकारिक विक्रेता ओम अटो मोबाइलका सन्तोष साहले बताए । सेन्टरको साहका साथै नेपाल उद्योग बाणिज्य महासंघ र जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्षद्वय शिवशंकर साह हिरा र ललित कुमार साहले संयुक्त रुपमा समुदघाटन गरेका थिए ।

सो अवसरमा जनकपुरधाम स्थित टिभिएस शो रुमका सञ्चालक सन्तोष साह, सुजुकी शो रुमका सञ्चालक प्रमोद साह, वडा अध्यक्ष जानकी राम साह सहितकाले शुभकामना मनतब्य राखेका थिए ।