FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

विद्यालय भवनमा कमिशनको खेल : नामका लागि उपभोक्ता, काम गर्छन् ठेकदार

नगरपालिकाकै इन्जिनियरको मिलोमतोमा ठेकदारमार्फत काम

विद्यालय भवनमा कमिशनको खेल : नामका लागि उपभोक्ता, काम गर्छन् ठेकदार

फागुन २३, २०७६

जनकपुरधाम : नामका लागि उपभोक्ता समिति बनाइएको छ। काम भने ठेकदारमार्फत भइरहेको छ। यो सुन्दा आश्चर्य लाग्न सक्छ। तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणमा कमिशन खान उपभोक्ताले यस्तै गरेको छ। करिब एकवर्ष अगाडि उक्त विद्यालयको भवन सडक निर्माणका क्रममा भत्काइयो।

अहिले विद्यार्थी खुल्ला चउरमा पढ्न बाध्य छन्। एक त धुलोले हैरान, झन सडक भएर आवात जावत गर्ने सवारी साधनले विद्यार्थीको ध्यानकेन्द्रित गर्दा पठन पाठन प्रभावित बनेको छ। पठन पाठन विग्रिन लागेको गुनासो अभिभावकले गरेपछि नगरपालिकाले नयाँ भवन निर्माणका लागि ७५ लाख रुपैयाँ विनियोजन गर्‍यो। जुन रकममध्ये ४० लाखको एउटा र ३५ लाखको अर्को उपभोक्ता समिति गठन गरियो। तर उपभोक्ता नामका लागि मात्र भए, काम भने ठेकदारमार्फत भइरहेको छ। ४० लाखको उपभोक्ता समितिका अध्यक्ष मो. रफिक र ३५ लाखको उपभोक्ता समितिका अध्यक्ष बेचन साहलाई बनाइएको छ।

उनी दुवैजनाले भने विद्यालय भवन निर्माणको काम ठेकदारले गरिरहेको स्वीकार गरेका छन्। यद्यपि उनीहरू कुन ठेकदारमार्फत र कति रकममा सम्झौता भएको कुरा खुलेर बताउन चाहेका छैनन्। एउटा उपभोक्ता समितिका अध्यक्ष मो. रफिकले आर्थिक अभावका कारणले ठेकदारमार्फत भवन निर्माणको काम गराउन लागेको बहाना बनाए। उनले कुल रकमको ८५ प्रतिशतमा वीरेन्द्र नामको ठेकदारसँग काम पूरा गर्ने सम्झौता भएको स्वीकारे। तर वीरेन्द्रसँग रजिष्टर्ड कम्पनी नभएको उनको भनाई छ। काम गर्ने भनेर उपभोक्ता समिति अध्यक्ष बन्ने अनि कमिशन खाएर ठेक्का लगाउन मिल्छ? भन्ने जिज्ञासामा उनले भने, ‘कमिशनको कुरा होइन।

आर्थिक समस्याले मात्र ठेक्का लगाएका छौँ।’ ठेकदारले मापदण्डअनुसार नै काम गरिरहेको उनले दावी गरे। यता, अर्को उपभोक्ता समितिका अध्यक्ष साहले नगरपालिकाले नै कामको जिम्मेवारी ठेकेदारलाई दिएको बताएका छन्। उनले भने, ‘नामका लागि उपभोक्ता बनाइएको छ। तर काम भने ठेकेदारले गर्छन्। मेयर सा’बले नै ठेकेदारलाई काम गर्न भनेकाले आफूलाई थप कुरा थाहा भएन।’ उपभोक्ता समितिका अध्यक्षद्वय र भवन निर्माण योजना हेर्ने जिम्मेवारी पाएका इन्जिनियर महेन्द्र महतोको मिलोमतोमा ठेकदारमार्फत काम भइरहेको स्थानीयले बताएका छन्। स्रोतका अनुसार कुल बजेटको ७० प्रतिशतमा ठेक्काको सम्झौता गरेको छ। बाँकी ३० प्रतिशत मध्ये १० प्रतिशत इन्जिनियर महतोले कमिशन लिनेछन् भने २० प्रतिशतमा उपभोक्ता, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीदेखि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसम्मले कमिशन पाउने सम्झौता भएको छ। इन्जिनियर महतोकै योजनामा भवन निर्माणको काम वीरेन्द्र नामक ठेकदारले पाएका छन्।

ठेकदार यादब र इन्जिनियर महतोसँगै आउने जाने गरेको स्थानीय बताउँछन्। तर इन्जिनियर महतो काम ठेकदारमार्फत भएको विषयमा आफूलाई केही थाहा नपाएको बताए। उनले थाहा खबरसँग भने, ‘कामको सम्झौता उपभोक्तासँग भएको छ। म ठोकुवाको साथ भन्छु काम ठेकदारमार्फत भइरहेको छैन।’ उपभोक्ता समितिकै अध्यक्षद्वयले काम ठेकेदारमार्फत भइरहेको भनेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘तपाईंहरूलाई के भन्यो थाहा छैन।

तर अब आफैँ काम गरिरहेको छु भन्छन्। तपाईं आउनुहोस्।’ यता, नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेशलाल कर्णले पनि विद्यालय भवन निर्माणको काम उपभोक्ता समितिले ठेकेदारमार्फत गराइरहेको विषयमा अनभिज्ञता जनाए। उनले भने, ‘भवन निर्माणका लागि उपभोक्ता बनेका छन्। तर काम भने ठेकदारमार्फत गराउन लागेको कुरा मलाई थाहा भएन।’ उनले विद्यालय जस्तो संवेदनशील भवनको निर्माणमा लापरबाही गर्न नमिल्ने बताए। उनले उपभोक्ताले कुनै पनि बहानामा ठेकदारमार्फत काम गराउन नपाउने भन्दै त्यसो गरेको पाइएमा कारबाही गर्ने पनि बताए।

साभारः थाहाखबर

Tags: विद्यालय

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

13 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

14 hours ago

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

20 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy