FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश २ मुख्यमन्त्रीको भविष्य जसपा केन्द्रको हातमा, प्रतिनिधीसभाको संसदिय दल निर्णायक बन्ने

प्रदेश २ मुख्यमन्त्रीको भविष्य जसपा केन्द्रको हातमा, प्रतिनिधीसभाको संसदिय दल निर्णायक बन्ने

पुरन रौनियार
जनकपुरधाम, भदौ ८ :
वर्तमान प्रदेश–२ सरकारको भविष्य जसपाको केन्द्रिय नेताहरुको हातमा छ । जब सम्म प्रतिनिधीसभाको संसदियका नेता चयन हुदैन प्रदेश २ को वर्तमान सरकार यथावत रहने छ । राजपा र समाजवादी पार्टीको एकता पछि बनेको जसपाको प्रतिनिधीसभाको संसदिय दलको नेता छान्न वाँकी नै छ । त्यस पदमा तत्कालिन राजपाका नेता राजेन्द्र महतोको दावी छ र मौखिस सहमती समेत भइसकेको महतो पक्षको दावी समय समयमा वाहिर आउने गरेको छ ।

तर समाजवादी पार्टीका नेताहरु त्यसको खण्डन गर्छन । समाजवादीका नेताहरुका अनुसार संसदिय दलको नेता सर्वसम्मतीमा हुने सहमती भएको छ अरे । समाजवादी पार्टी उनकै अध्यक्ष र वर्तमान जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादवनै संसदिय दलको नेता हुने तर्क गरिरहेका छन् । नभए यादवले पुर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईलाई संसदिय दलकै नेता बनाउन तत्काल वाहिर राखेको जसपा स्रोतको भनाई छ । महतो पक्ष भने प्रतिनिधीसभाको संसदिय दल आफुले पाउनेमा ढुक्क जस्तै छ ।

एक केन्द्रिय नेताकै अनुसार पनि एकताका वेला महतोलाई संसदिय दल दिनुपर्ने प्रस्ताव अध्यक्षद्वय ठाकुर र यादवले नै गरेका थिए । यद्यपि उनले समाचारमा मेरो नाम कोड नगर्नुहोला पनि भने ।

प्रदेश २ मा केन्द्रको प्रभाव

महतो प्रतिनिधीसभाको संसदिय दलका नेता पाए प्रदेश २ मा तत्कालिन समाजवादीले नै संसदिय दल र मुख्यमन्त्री दुवै पाउने छन् । त्यसपछि वर्तमान सरकारनै पनि प्रदेश २ मा यथावत रहने सम्भावना रहन्छ । समाजवादीकै पोल्टामा प्रदेश २ को संसदिय दल र मुख्यमन्त्री गए लालबाबु राउतको सिट सुरक्षित रहने जानकारहरु बताउछन् । यद्यपि सो पदका लागि विजय कुमार यादव र रामअशिष यादवको समेत नाम चर्चामा रहेको छ । तर मुस्लिम मतलाई मध्ये नजर गर्दै उपेन्द्र यादवले भने लालबाबुको विकल्प खोजिहाल्ने सम्भावना नरहेको तर्क कतिपयको छ । त्यसो हुँदा संसदिय दल प्रदेश २ को उपनेता भने राजपाले पाउने छ जस्मा जितेन्द्र सोनल यथावत रहँदा वर्तमान सरकार सुरक्षित हुनेछन् ।

कुनै गुट भन्दा पनि एक स्वतन्त्र छवि बनाएका जसपाका प्रदेश सांसद रामअशिष यादवले भने, ‘सवैनेताहरुको त्याग र तपश्याको बाबजुद बनेको जसपा अव एक पार्टी भइसकेकाले समाजवादी र राजपा कोटा गर्नुहुदैन ।’ डा. भट्टराई र महतो जी तेस्रो चौथो वरियातामा जानुु जस्तो त्याग र तपस्याले बनेको पार्टीको केन्द्रिय र प्रदेशको संसदिय दल सर्वसम्मत हुनु पर्ने तर्क उनको छ ।

युवा नेता केशव झाको भने धारणा फरक छ, उनले केन्द्रको संसदिय दलको नेता नबने सम्म प्रदेशमा बन्दैन भन्नु उचित नहुने र कुनै कानुन पनि नरहको बताए । केन्द्रमा संसदिय दलका नेताको अहिलेनै कुनै हतार समेत नरहेको र नेता छनौटका लागि कुनै गृहकार्य पनि भइनरहेकाले प्रदेशमा असर नगर्ने बताए । प्रदेशका ५५ जना सांसद नेता छान्न स्वतन्त्र रहेको उनको कथन छ ।

जसपा केन्द्रीय स्रोतका अनुसार महन्थ ठाकुर संसदिय दलमा जाने पक्षमा छैनन । त्यसो हुँदा सकभर आफै नभए डा.बाबुरामलाई तान्ने प्रयास उपेन्द्रको रहने छ । महतो निकट स्रोतका अनुसार समेत सरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव र महेन्द्र राय यादव समेत महतोलाई रोक्ने प्रयास गर्नेछन् भने ठाकुर मौन बस्ने छन् । एकताका वेला ठाकुर र महतो भागबण्डा गरि धमाधम केन्द्रिय समितिमा आफना व्यक्तिहरु भर्ती गरेको असन्तुष्टी समेत रहेकाले उपेन्द्रकै नाममा सहमती बन्ने प्रवल सम्भावना रहेको स्रोतको दावी छ ।

र सो सम्भव भए तत्कालिन राजपाले प्रदेश २ मा संसदिय दल तथा मुख्यमन्त्री पाउने छ । राजपावाट सो पदका लागि जितेन्द्र सोनल, उपेन्द्र महतो र मनिष सुमन सहितको दावी रहदै आएको छ । राजपावाट यिनै तिनजनाको सम्भावना रहेको किनकी यादव समुदायवाट राजपाले सरोज कुमार यादवलाई सभामुख बनाइसकेको जानकारहरुको विश्लेषण छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy