फाल्गुन २२ गते ।
जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अभैm न्याय पाउन नसकेको टिप्पणी गर्नुभएको छ । जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा आज मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।
बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताउनुभयो । “बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔँ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो निक्र्यौलमा पु¥याऔँ ।”
परिवारका सदस्य गुमाएकाको पीडा कम गर्नका लागि पनि न्याय दिनुपर्ने तर्क उहाँले गर्नुभयो । मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गर्नुभयो ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, आयोगका सहसचिव ईश्वरीप्रसाद ढकाल, सदस्य सुनिलरञ्जन सिंहलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आप्mनो पीडा पोख्दै सास कि लास दिनुपर्ने माग गर्नुभएको थियो ।