एसपी रिपोर्टर
सप्तरी, असार १६ : सप्तरीको राजविराजमा पनि जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । स्थानीय शिव मन्दिरको अगाडीवाट निस्केको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिसोर साहको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, सप्तरीका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधीहरु समेत विरोध जुलुसमा सहभागी थिए ।
प्रर्दशनपछि स्थानिय जनआन्दोलन चौकमा आयोजित कोण सभामा समाजिक विकासमन्त्री साहले संघीय सरकारले मधेशीलाई अधिकार विहीन बनाउने कार्यमा लागेको आरोप लगाए । उनले मधेशको महिलालाई पछाडि पारिएको उस्को बालबच्चा र युवाहरु समेत पछाडी हुने मनशायले यस्तो विद्येयक ल्याएकाले विरोधमा आउन सवैलाई आग्रह गरेका छन् ।
मधेशको घर घरमा भारतसंग पारिवारिक सम्बन्ध छ यो कुरा ओलीलाई पचेको छैन मन्त्री साहे थपे । उनले प्रधानमन्त्री ओलीको सपना पुरा भए मधेश बर्बाद हुने भएको उनको सपना तुहाउन पुनः आन्दोलनमा जानु पर्ने बताए ।