एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १० :
संघिय सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल सहित तिन मन्त्रीको टोली जनकपुरधाम सहित मधेशको विभिन्न छठघाट पुगेर दर्शन गर्दै मधेशको सुरक्षा सहितका अवस्थाहरु बारे पनि बुझिरहेका छन् ।

एसी खवर स्रोतका अनुसार जनकपुरधाम विमानस्थलमा अवतरण गरेका उद्योग तथा कानुन मन्त्री अनिल कुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दंगाल सहितको ४ सदस्यीय टोली विमानस्थलमै धनुषाका सिडिओ, एसपी, अनुसन्धानका प्रमुखहरुसँग छोटो ब्रिफिङ्गका साथै जिल्लाको सुरक्षाको अवस्था विषयमा जानकारी लिएका थिए ।

त्यसपछि फ्रेस भएका मन्त्रीहरुको टोली जनकपुरधामको गंगासागर घाट पुगेर छठ पूजाको दर्शन तथा गंगा आरतीमा सरिक भएका हुन । धनुष सागर, अरगजा पोखरी सहितका छठ घाट समेत पुगेका उनीहरु जानकी मन्दिर समेत पुगेर दर्शन गरेका छन् ।

मन्त्रीहरुको टोली महोत्तरीको मटिहानी स्थित छठ घाट पुगेर पनि दर्शन गर्नुका साथै छठ पूजामा सहभागिता जनाएका छन् । भोली मंगलवार विहान पनि मधेशका विभिन्न छठ घाट पुग्ने कार्यक्रम रहेको उनीहरु त्यस पछि जनकपुरधाममा प्रदेश स्तरीय शान्ति सुरक्षा बैठक गरि मधेशको सुरक्षा अवस्थाका जायजा लिएर फर्किने कार्यक्रम छ ।

गृहमन्त्री आउनु भएकोले सुरक्षा संग जोडिनु स्वभाविक विषय हो स्रोतले भन्यो ‘यद्यपि वहाँहरूको आगमन भनेको मधेश र मिथिलाको महा पर्व छठ पूजाको दर्शन र छठ प्रतिको आस्था दर्साउनु मुख्य हो ।’ मन्त्री सिन्हा मधेशको सप्तरी र मन्त्री गुप्ता सिरहा निवासी हुन ।