एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३ : तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जनकपुरधामको वडा कमिटी गठन प्रक्रियालाई तिब्र बनाएको छ । तमलोपाका नेताहरुको अगुवाईमा जनकपुरधामको विभिन्न वडाहरुमा वडा कमिटी गठन भइरहेको छ ।
तमलोपाका अनुसार जनकपुरधामको वडा नं. १ मा मुकेश पजियारको अध्यक्षतामा वडा कमिटी बनाइएको छ । जस्को उपाध्यक्ष विनोद रविदास, सचिव सन्तोष थापा मगर र कोषाध्यक्ष गायत्री देवी मण्डल रहेका छन् ।
पार्टीका जिल्ला अध्यक्ष धिरेन्द्र सिंहका अनुसार जनकपुरधामको वडा नं. १९ र १ को कमिटि गठनको कार्य समपन्न भएको छ भने आज वडा नं. २२ बिन्ही, वडा नं. २१ कुर्था र वडा नं. १० को पनि कमिटी गठन हुनेछ ।
वडा कमिटी गठन भेलामा प्रभारी योगेन्द्र राय, केन्द्रिय सदस्य सतिश कुमार लाल दास, उमेश मण्डल, विभा ठाकुर सहितको उपस्थिती रहेको थियो ।





