एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ : नेकपा एमालेबाट जनकपुरधामको मेयरका प्रत्यासी एमाले नेता शिव शंकर साह हिराले आफु पार्टीको धनुषा जिल्ला अधिवेशनमा कुनै पनि पदको उम्मेदवार नहुने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै जनकपुरधाम उद्योग बाणिज्य, नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका समेत पुर्व अध्यक्ष रहेका हिराले भनेका छन्, ‘म कुनै पनि पदका लागि उम्मेदवार बन्दिन ।’
अगामि बैशाख २० गते हुन गइरहेको पार्टीको आठौं जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनका क्रममा अनौपचारिक बुझदै जाँदा उम्मेदवारहरुको चर्चामा उनको नाम पनि आएपछि हिराले फेसबुकमा तुरन्तै आफनो प्रतिक्रिया जनाउदै आफु कुनै पनि पदमा उम्मेदवार नहुने उल्लेख गरेका छन् ।
साथै उनले आजै करिव डेढ बजे दिउँसो पनि आफु एमालेको नीति सिद्वान्त मान्ने कार्यक्रता भएको भन्दै थप एउटा सोहि आशयको स्टाटस पनि लेखेको देखिन्छ ।


