एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २६ :
जनकपुरधामको एतिहाँसिक बाह्रबिघ्घा रंगभुमि मैदानमा जारी बिवाईडी चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल भोलि मंगलवार हुने भएको छ । बिहान १० बजे हुने फाइनल खेलमा मोनास्टिक स्कुल र मदर टेरेशा स्कुल आमने सामने हुनेछ ।

न्यु भिजन नेपाल तथा जनकपुर स्पोट्र्स क्लबको संयुक्त आयोजनामा सम्पन्न भइरहेको यो प्रतियोगिताको समापन समारोह पनि सोही दिन १२ः३० बजे हुने तय भएको छ । ट्रफी वितरण तथा समापन समारोहमा जनप्रतिनिधिहरु, विद्यालयका प्रतिनिधिहरू, संचारकर्मी तथा खेलप्रेमीहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । क्रिकेट प्रति जनकपुरधामका विद्यार्थीहरुमा देखिएको आकर्षणलाई टेवा पुरयाउन र संस्थागत रुपमा विकास गर्दै प्रवद्र्वन गर्न यस्ता प्रतियोगिता सार्थक सावित हुने बिश्वास छ ।