एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ :
नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले राम्रो नेता र दलको शुभचिन्तक तथा खराव गर्नेको आलोचक बन्न पत्रकारजगतलाई आग्रह गरेका छन् । पार्टीको मधेश प्रदेश कार्यालयमा नेपाल पत्रकार महासंघमा नवनिर्वाचित मधेशै भरिका पत्रकारहरुलाई सम्मान गर्दै मधेश सरकारका पुर्व मन्त्री समेत रहेका नेता यादवले भने, ‘पत्रकारितामा विकृतीहरु पनि मौलाएको छ, त्यसलाई पनि न्युनिकरण गर्ने जिम्मा तपाँइहरुकै हो ।’

पत्रकार महासंघको अध्यक्षमा निर्वाचित एसपी खवरका प्रधान सम्पादकलाई सम्मान गरिदै

विकृत पत्रकारिताले मुलधारका पत्रकारितालाई बदनाम गर्नेमा सचेत रहन उनले आग्रह गरेका छन् । प्रेस युनियन र नेपाली कांग्रेसको बिचमा थप समन्जस्ता कायम गरि सम्बन्ध सुदृढ बनाउन आफु प्रयास गर्ने उनको धारणा थियो ।

सो अवसरमा पार्टी उपसभापति विरेन्द्र कुमार सिंह, मधेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव, प्रचार प्रसार विभाग मधेशका संयोजक नितेश कुमार गुप्ता, प्रदेश सांसदहरु, कांग्रेसका नेताहरु सहित पत्रकार महासंघको आठवटै जिल्लाका निर्वाचितहरुको उपस्थिती थियो ।