एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ : जसपा नेपालका केन्द्रिय सदस्य समाजसेवी बलराम महतोलाई पार्टीको आर्थिक विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । पार्टीको गत असोज २, ३ र ४ गते बसेको केन्द्रिय कार्यकारणी समितिको बैठकबाट पार्टीको बिधानको धारा (९७) २ बमोजिम महतोलाई आर्थिक विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।
सो विभाग दश सदस्सीय हुने छ जस्मा एक उपाध्यक्ष र कोषाध्यक्ष गरि दुईजना पार्टीका पदाधिकारी सहितका सदस्यहरु रहने छ । महतो मधेश प्रदेशको राजधानी जनकपुरधाममा केहि महिना पुर्व सम्पन्न पार्टीको पहिलो एकताको महाधिवेशनका मुल व्यवस्थापन समितिका संयोजक थिए ।
पार्टीको यो विभाग सम्पुर्ण आय व्यवको गतिविधीको अभिभावकत्व, अनुगमन तथा छानविन र व्यवस्थापनको अधिकार राख्दछ ।