एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ९ : राष्टिय मुक्ति क्रान्ति अभियानले मधेशको जनकपुरधाम सहित विभिन्न शहरहरुमा अन्तक्रिया कार्यक्रम गरिरहेको छ । जनकपुरधाम स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा नेता संजय सिंहको अध्यक्षतामा बौद्विक जमातसंग सम्वादात्मक कार्यक्रम सम्पन्न भएको अभियानले जनाएको छ । कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, संचारकर्मी, इन्जिनियर, डाक्टर, शिक्षक लगायतका प्रबुद्ध वर्गसँग अन्तर्कृया गरिएको छ ।
संजय चौधरीद्वारा संचालन गरिएको उक्त कार्यक्रममा राजिव झाजिले विषय प्रवेश गर्नुभएको थियो। कार्यक्रममा केशव झाले थप प्रकाश पारे संगै थिंक ट्यांक बुद्धछिरिङ मोक्तानले कि नोट स्पीच दिनुभयो । कार्यक्रममा अभियानी पुर्व मन्त्री तथा संविधानसभा सदस्य राम नरेश राय यादव, अनिल महासेठ, दिपक झा, रमण पाण्डेय, राम कुमार महतो, श्रीचन्द्र महतो, दिनेश यादव लगायतको उपस्थिति थियो ।
त्यसको साथै अभियानले मधेशको सिरहा, पाचथरको फिदेन, सल्यागंको श्रीनगर, सिन्धुलीको मरिनछाप र काठमाडौको थानकोटमा पनि कार्यकम गरेको छ । गएको शनिवार काठमाडौमा पत्रकार सम्मेलन गरेर अभियानले ४ जेठ देखि ४ असार सम्ममा देशभर एक सय एक कार्यक्रम गर्ने घोषणा गरेका थिए । जस अनुसार अभियानका केन्द्रिय नेताहरु देशभर खटिएका छन । अभियानले यो विचमा पुर्व दखि पश्चिम सम्मको प्रमुख आठ शहरमा शक्ति प्रर्दशन समेत गर्ने जनाएको छ ।
अभियानले अगामि ४ असारमा काठमाडौमा अहिले सम्मकै वृह्त शक्ति प्रर्दशनको कार्यक्रम राखेर तयारी थालेको छ ।