एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० : देशको पहिलो पार्टी नेपाली कांग्रेस धनुषा क्षेत्र नं. २ को क्षेत्रीय पार्टी कार्यालय धनुषाको विदेह नगरपालिकोको सदरमुकाम तिनकौरिया बजारमा समुदघाटन भएको छ । पार्टी कार्यालयको समुदघाटनको अवसरमा होली मिलन समारोहको समेत आयोजना गरि कांग्रेसीजनले होलीको शुभकामना आदान प्रदान समेत गरेको छ ।
प्रतिनिधीसभा सदस्य तथा पुर्वमन्त्री रामकृष्ण यादवको विशेष उपस्थितीमा भएको कार्यक्रममा नेताहरुले होली असत्य माथी सत्यको जितको पर्व रहेको भन्दै कांग्रेस सत्यको पक्षमा निरन्तर रहेकोले जित अवश्य हुने बताए । हामी सत्यकै पक्षमा थियौं नेताहरुले भने, ‘शंकाको भरमा साथीहरु असत्य तर्फ लागे कांग्रेस सत्यलाई छोडनेवाला छैन आफनो पथमा अगाडि बढछ ।’

सो अवसरमा नेताहरु दिनेश प्रसैला यादव, शिवधारी यादव, क्षेत्रीय सभापति नविन कुमार गोहिवार सहितकाले सम्बोधन गर्दै पार्टी एकढिक्का भएकै कारण क्षेत्रमा जित सम्भव भएको भन्दै यसरी नै एकताको शुभकामना व्यक्त गरे ।
