एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : जनमत सत्तावाट बाहिरए संगै मधेश प्रदेशको राजनिति तरंगित हुन थालेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बिश्वासको मत पाएपनि उनको अवको बाटो सहज भने छैन । एकातर्फ आज (मंगलवार) को प्रदेशसभा बैठकमा सत्ताधारी गठबन्धनमै रहेको जनमत पार्टी रोष्टम घेराउ गर्दै मुख्यमन्त्रीको राजिनामा मांग गरेको छ भने अर्को तर्फ मुख्यमन्त्री कार्यालयमा जसपा सुप्रिमो उपेन्द्र यादवले गठबन्धनको बैठक बोलाएको छ ।
चार बजे बोलाइएको सत्ताधारी सबै दलको बैठकमा जनमतलाई पनि डाकिएको स्रोतको भनाई छ । एक सांसदले भने उपेन्द्र जी सहितको बैठक भनेर हामिलाई बोलाइएको छ । उनले गठबन्धन, मधेश सरकार सहितको विषय हुन सक्ने बताएपनि बैठकमा मधेश सरकार प्रति चर्को आलोचना हुन सक्ने अनुमान छ । जनमत, लोसपा र माओवादीले फायर खोल्ने र मधेश सरकार, मुख्यमन्त्री, अर्थमन्त्री सहित सरकारको काम कारवाहीको विषय गठबन्धनका लागि टाउको दुखाई हुन सक्ने देखिन्छ ।
जनमतले बिश्वविद्यालयको कार्यक्रममा कार्यक्रममा मुख्यमन्त्रीकै अगाडि विभागिय शिक्षा मन्त्री माथी हातपात हुँदा समेत मुख्यमन्त्री रमिने बन्नु भत्र्सना लायक रहेको भन्दै गैरजिम्मेवार मुख्यमन्त्री भन्दै राजिनामाको मांग सहित नारावाजी गरिरहेको सुनिन्छ । सभामुख रामचन्द्र मण्डलले जनमतको नारावाजी पछि बैठक केहि वेरको लागि स्थगित गरेका छन् ।