एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ : जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपमा रोबोटिकसम्बन्धी प्रशिक्षण दिइएको छ । रोवोटिक एसोेसिएशन अफ नेपालको आयोजनामा ज्ञानकुप विद्यालयमा रोबोटिकसम्बन्धी प्रशिक्षण दिइएको हो । दुई दिनको प्रशिक्षण पश्चात विद्यार्थीहरूले रोबोट तयार गरेपछि शुक्रबार भएको आन्तरिक प्रतियोगितामा उनीहरू सहभागी भएका थिए । विद्यार्थीहरूले रोबोट प्रदर्शन गरेका थिए ।
रोबोटिक एसोसिएशनले हरेक वर्ष अन्तर्राष्ट्रिय रोवोटिक प्रतियोगिताको आयोजना गर्दै आएको छ । यही प्रतियोगितामा सहभागिताका लागि प्रदेशस्तरीय प्रतियोगी छनौट अन्तर्गत ज्ञानकुप विद्यालयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको हो ।
मधेशका जनकपुरधाम र वीरगञ्जबाट रोबोट बनाउने विद्यार्थीहरू छनौट गरिने र उनीहरूलाई काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ । यहाँबाट छनौट हुने टोलीले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय रोबोटिक प्रतियोगितामा सहभागी हुनेछ । यो प्रतियोगिताले विद्यार्थीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने रोबोटिक एसोसिएशनका म्यानेजर रिसब राजले बताउनुभयो ।
यो प्रशिक्षणले रोबोटिक क्षेत्रमा जान चाहने विद्यार्थीलाई सहयोग पु¥याउने र विज्ञानप्रति रुचि बढाउने विद्यालयका प्रधानाध्यापक संजय झाको भनाइ छ । प्रशिक्षण तथा प्रतियोगितामा ज्ञानकुप विद्यालयका कक्षा १०, ११ र १२ का विद्यार्थीहरू सहभागी भएका थिए ।