एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : नेपालक प्रथम मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंह (गज्जु बाबु) को २२ औं पुन्यतिथीको अवसरमा मधेशमा विभिन्न कार्यक्रम गरिएको छ । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्र, धनुषाले पनि जनकपुरधाममा एक कार्यक्रम गरेर स्व. सिंह, उनको व्यक्तित्व र मधेश प्रतिको लगाव र सम्पर्णको चर्चा परिचर्चा गरेका छन् ।
जनकपुरधामको पिडरीया माईस्थानमा भएको गजेन्द्र्बाबुको बिचार र वर्तमान मधेशको राजनीति विषयक अन्तरकृया कार्यक्रममा पुर्व सदभावनाकर्मीहरुले स्व. सिंहले देखाएको बाटो बिर्सिएकै कारण आज राजनिति र मधेशको हालत यस्तो भएको भन्दै अझै ढिलो भइनसकेकाले सुर्धन आवश्यक रहेको बताए ।

वक्ताहरुले अभिभावकले देखेको सपना र देखाएको बाटो विराएपछि जिवन संकटमा पर्ने कुरा अहिले सिद्व भएकाले पनि अव सोच्नुपर्ने बेला आएको बताए । संजय सिंहको अध्यक्षता र राम प्रसाद गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मधेशवादी नेताहरु रमण पाण्डे, विपी साह, प्रमोद झा, दिपक झा, बालकेश्वर ठाकुर, हरेराम मंडल, रामराज महतो, रोशन सिंह राना, राम चन्द्र साह, राम कुमार महतो, ममता चौधरी, सरगुन पासमान, अशोक ठाकुर, विजय राय, पुनम यादव, प्रमोद यादव, राम जीवन साह, पत्रकार बटुकनाथ झा र मिश्रीलाल मधुकर, प्रदिप सिंह, महेन्द्र यादव, सुर्यनाथ यादव, कुलदिप साह, इन्द्र भुषन यादव, मोहन साह र सुर्यनारायण लगायतको उपस्थिति थियो ।