एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : नेपालक प्रथम मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंह (गज्जु बाबु) को २२ औं पुन्यतिथीको अवसरमा मधेशमा विभिन्न कार्यक्रम गरिएको छ ।
सो अवसरमा रौतहट स्थित गजेन्द्र स्मृति अस्पताल परिसरमा गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष पुर्व मन्त्री अनिल कुमार झाको अगुवाईमा भएको श्रद्धाञ्जली कार्यक्रममा स्व. सिंहले देखेको मधेशको सपना वर्तमान अवस्था विषयमा वक्ताहरुले आ आफनो धारणा र अनुभव राखेका थिए । गजेन्द्र बाबुले मधेशका लागि गरेका काम सबैका लागि प्रेरणाको स्रोत बन्नु पर्ने वक्ताहरुको भनाई थियो ।

सो अवसरमा गजेन्द्रवादी नेता अनिल कुमार सिंह, लिला प्रसाद साह, विष्णु नारायण चौधरी, अवधलाल यादव, शिक्षक नेता जयानन्द ठाकुर, विश्वम्भर यादव, वडाध्यक्ष द्वय शेख वहाव एवं हरिशंकर पाण्डेय, वडा सदस्य मीना कुमारी, शेख साबिर, शेख हासीम, विद्यार्थी सलमान खान एवं रोहित साह लगायतका वक्ताहरुले स्व. सिंहका साथै मधेशको अभियानहरुमा लागेर आफनो ज्यान न्यौछावार गरेका सवै योद्धाहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
साथै स्व. सिंहले उठाएका मुद्दाहरु सम्बोधनका लागि संघर्षरत रहने प्रतिवद्वता दोहराइएको थियो ।
