पुरन रौनियार
जनकपुरधाम, माघ ९ : डा. सिके राउतको पार्टी जनमत मधेश सरकारवाट बाहिरएको छ । सोमवार सप्तरीको राजविराजमा प्रहरीको कुटाईवाट घाइते भएका पार्टीका मधेश संसदिय दलका नेता समेत रहेका शिक्षा मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा प्रदेश प्रमुखलाई समर्थन फिर्ताको पत्र हस्तान्रण गरिएको छ ।
समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई बझाइएको र सरकारवाट बाहिर भएको जानकारी गराउन मुख्यमन्त्रीसंग समय माग जनमतले गरेको छ । हामी आफै मुख्यमन्त्रीलाई राजिनामा पनि बुझाउदै छौं, संसदिय दलका नेता यादवले भने, समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई बुझायौं ।’ समय दिन मुख्यमन्त्री आनाकानी गरिरहेको जनमतका एक नेताले बताए ।
सो अवसरमा पार्टीवाट हाल श्रम तथा यातायात मन्त्री रहेका पार्टी महासचिव चन्दन सिंह, प्रदेश सान्सद संजय यादव, सम्भु साह, पार्टी सचिव बिपी साह सहितको उपस्थिती रहेको छ । मधेश सरकारमा जनमतको १३ सांसद रहेको छ । जनमत बाहिरए पनि गठबन्धनको मधेश सरकार ढल्ने जोड घटाउ भने तत्कालै देखिदैन ।
हेर्नोस जनमतको पत्र र प्रेस विज्ञप्ती