एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १० : जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिकाले मुख हेरेर नभई कागजात हेरेर न्याय सम्पादनको काम धमाधम भइरहेको बताएका छन् । उनले कागजात अनुसारको न्याय सम्पादन नभएको पाइए स्वयम राजिनामा दिने समेत जनकपुरधाममा आयोजित एक कार्यक्रममा बताएका छन् ।
उनले पैसा लिएर कुनै काम कसैले गरेको वा गर्न चाहेको अवस्थामा सिधा आफुलाई सम्पर्क गर्न आग्रह गरे । उनले ३ अर्व रुपैया अनुदान परियोजना सहित आईयुडिपी कार्यालय साउन १ गते देखि पुनः सञ्चालनमा आएको बताए । उनले उपमहानगर पालिकाले सफाईका लागि १० ट्रयाक्टर, १ बारुण यन्त्र किनेको बताउदै ३० बिघ्घा जमिन लिजमा लिएर १ बिघ्घामा गौशाला सञ्चालनमा आइसकेको बताए ।
अहिले सम्म गौशालाले अढाई लाख जरिवाना वापतको राजश्व संकलन गरेको र ५० गाईलाई पालन पोषण गरिरहेको बताए ।





