एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : नेपाली कांग्रेस धनुषाले जननायक विपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसर पारेर जनकपुरधाममा दिप प्रज्वलन गर्दै विपीको स्मरण गरेका छन् । जनकचौकमा शनिवार साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस धनुषाका सभापती योगेन्द्र पजियारले विपीको प्रत्येक वर्ष स्मरण मात्र गरेर नहुने भन्दै नितदिन उनको बिचार र सिद्वान्त आत्मसाथ गरेर काम गरिए कांग्रेसको प्रतिस्पर्धामा कोहि पनि नहुने बताए ।

पजियारले सोहि अवसरमा पार्टी कार्यालय धनुषामा आइतवार विहान ८ बजे देखि रक्तदान र सोमवार विहान ११ बजे जानकी माविमा निबन्ध प्रतियोगिताको आयोजना गरि तिन दिवसीय कार्यक्रम गर्दै विपीको जन्म जयन्ती मनाउन लागिएको बताए ।

सो अवसरमा उपस्थित कांग्रेसजनले दिप प्रज्वलन गरि विपी प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने स्मरण र आदर व्यक्त गरेका थिए । सो अवसरमा पार्टी उपसभापती गणेश झा, सचिव कन्हैयालाल कर्ण, वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राम भरत साह सहितका पदाधिकारीहरु, नेपाल तरुण दलका युवा नेताहरु, नेविसंघका विद्यार्थीहरु सहितको उपस्थिती थियो ।