एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ :
नेपाली कांग्रेस मधेश प्रदेशले पार्टीको प्रदेश तथा स्थानिय निकाय विभाग विस्तार गरेको छ । धनुषाको पाँच सदस्य सहित कुल २३ सदस्यीय विभाग गठन भएको प्रदेश कार्यालयका मुख्य सचिव सन्तु प्रसाद यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पार्टीको प्रदेश सदस्य जिवनाथ चौधरीको संयोकत्वमा रहेमो विभागको सदस्यहरुमा धनुषाबाट जगदिश महासेठ, विनय यादव, बजरंग प्रसाद साह, फुल कुमारी सिंह र विद्यादेवी भुजेल छन् । संयोजक सहित विभागको कुल २३ मध्ये छ सदस्य धनुषाबाटै छन् ।