एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ९ : करिव सात वर्षको मधेश सरकारको यात्रामा पहिलो पटक गैर मधेशी मुलका सांसद मन्त्री बन्न सफल भएका छन् । मंगलवार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीका रुपमा सपथ ग्रहण गरेका गोविन्द बहादुर न्यौपाने मधेश सरकारमा पहिलो गैरमधेशी मन्त्री बन्न सफल भएका छन् ।
उनी नेकपा एसको मधेश प्रदेश संसदिय दलका नेता हुन र प्रदेशसभाका जयेष्ठ सदस्य पनि । दोस्रो प्रदेशसभामा जयेष्ठ सदस्यका रुपमा केहि दिन सभाअध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका न्यौपानेलाई नेकपा एसले मन्त्री बनाएको हो ।

लगातार दोस्रो पटक प्रदेशसभा सदस्य बनेका सप्तरीको सुरंगा नगरपालिका निवासी ६२ वर्षिय न्यौपाने सप्तरीको क्षेत्र नं. ४ ‘क’ बाट लगातार दोस्रो पटक चुनाव जितेका हुन । उमेर संगै शारिरिक रुपमा अस्वस्थ न्यौपानेलाई नेकपा एसले मन्त्री बनाएर सम्मान गरेको नेताहरु बताउछन् । मंगलवार कांग्रेसका दुईजना मन्त्रीहरु सरहनै कुर्ता सुरवाल र बन्डी लगाएर न्यौपाने सपथ ग्रहण गरेका छन् ।
एति मात्र होइन न्यौपाने मंगलवार मन्त्री पदको सपथ लिए संगै जनकपुरधामको मुजेलिया स्थित शहिद गेट पुगेर त्याहाँ स्थित शहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै श्रद्वाञ्जली र सम्मान अर्पण गरेर सदभावको स्पष्ट उदाहरण प्रस्तुत गरेका छन् । मधेश केन्द्रित दलका नेता र सांसदहरु जस्तै मन्त्री बनेपछि बामपन्थी नेता उनी मधेश आन्दोलनका शहिद प्रति देखाएको यो सदासयता वास्तवमै प्रशंसनिय छ ।