एसपी रिपोर्टर
जनकपुरधाम, चैत १४ : मधेश सरकारले मन्त्रालयको नामहरु हेरफेर गरेको छ । विद्यमान समाजिक विकास मन्त्रालयको नाम परिवर्तण गरि स्वास्थ्य तथा जनसंख्या गरिएको छ भने कानुन न्याय तथा संसदिय मामिलालाई हटाएर श्रम तथा यातायात मन्त्रालय नामांकरण गरिएको छ । कानुन भने पुन: गृह तथा सञ्चार मन्त्रालयमा थपेर गृह, सञ्चार तथा कानुन मन्त्रालय बनाइएको छ ।
उद्योग पर्यटनबाट बन तथा वातावरणलाई हटाएर बैग्लै बन तथा वातावरण मन्त्रालयनै बनाइएको छ भने उद्योग पर्यटनमा बाणिज्य थपेर उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय नामांकरण गरिएको छ । खानेपानी तथा उर्जा विकास मन्त्रालयमा सिचाँई थपेर उर्जा, सिचाँई तथा खानेपानी मन्त्रालय बनाइएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी जस्ताको त्यस्तै छ भने भौतीक पुर्वाधारबाट यातायात झिकेर भौतीक पुर्वाधार विकास मन्त्रालय बनाइएको छ ।
शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्रालयको नाम परिवर्तण गरि अव ‘शिक्षा तथा समाज कल्याण मन्त्रालय’ तोकिएको छ । एसपी खवरसंगको कुराकानीमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई. वसन्त कुशवाहाले गत विहिवारकै मन्त्री परिषदले गरेको यो निर्णय अगामि आर्थिक वर्ष देखि मात्र लागु हुने गरि गरिएको छ । बजेट बिनियोजन र कार्यान्वयनमा सहजताका लागि यस्तो गरिएको उनले बताए ।