एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ : नेपाल सरकारका संघिय मालिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघिय निजामती सेवा ऐन जसरी पनि संसदमा प्रस्तुत गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशको दोस्रो प्रदेश अधिवेशनको समुदघाटन गर्दै मन्त्री मोदीले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि प्राथमिकतामा रहेको ऐनको ड्राफट तयार तयार गर्न आफुले पुर्वप्रधानमन्त्री, मुख्य सचिव, सचिव सहितका प्रशासक र पुर्व प्रशासकहरु पुर्वमन्त्रीहरु, विभिन्न टे«ड युनियन र सरोकारवाला मात्र नभई संवैधानिक निकायका प्रमुखहरुका साथै पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु संग समेत छलफल गरेको बताएका छन् ।
संघियता कार्यान्वयन र सुशासनका लागि संघिय निजामती सेवा ऐन अपरिहार्य रहेकाले सरकारले प्राथमकिताका साथ संसदमा ल्याउन सक्रिय रहेको मन्त्री मोदीको तर्क छ । उनले ऐनमा रहेका धेरै कुराहरु अहिले नै भन्न नमिल्ने भन्दै अहिले नै भनियो भने कर्मचारी साथीहरु हलै छाडेर जाने सम्भावनाको संकेत समेत गरेका छन् ।

उनले ऐनमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष तोकिएको समेत बताए । सो संगठन निजामतीको मधेश प्रदेश समितिको नयाँ नेतृत्व समेत अधिवेशनले चयन हुने बताइएको छ । कार्यक्रममा मधेश प्रदेशकी उद्योग पर्यटन बन तथा बातावरण मन्त्री सुनिता यादव, संगठनका केन्द्रिय र प्रदेशका नेतृत्वहरुको उपस्थिती रहेको थियो ।