एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ : मधेस प्रदेशका प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का मोहम्मद रजी हैदर र माला कुमारी कर्णले आज शपथ ग्रहण गरेका छन् । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका उनी दुई जनाको विषयमा क्लस्टर विवाद उत्पन्न भएको थियो र सो विवाद सर्वोच्च अदालतसम्म पुगेको कारण निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएका थिएन ।
निर्वाचन आयोगले प्रमाणपत्र नदिएको कारण उनीहरूको शपथ रोकिएको थियो । सर्वोच्चको आदेशपछि उनीहरूको शपथ भएको हो । शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादव, उप सभामुख बबीता राउत ईशर लगायतको उपस्थिति थियो ।