एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव तिनजना मन्त्री सहित पद तथा गोपनियताको शपथ लिनुभएको छ । शुक्रबार मधेश भवनमा तामझाम सहित भएको समारोहमा मुख्यमन्त्री यादव तिजना बिना विभागीय मन्त्री सहित सफथ लिनुभएको हो ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादव (बारा), मन्त्रीहरूमा एमालेका मधेशका संसदिय दलका नेता सरोज यादव (महोतरी), जसपाका सञ्जय यादव (सर्लाही) र जनमतका ई. वसन्त कुशवाहा (रौतहट) लाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । मन्त्रीहरूको मन्त्रालयमा सहमती जुटन वाँकी रहेको ।

मुख्यमन्त्री यादवले भोजपुरीमा, मन्त्रीहरू सञ्जय यादव बज्जिका, सरोज यादव मैथिली र बसन्त कुशवाहाले मधेशी भाषामा शपथ लिनुभएको छ । समारोहमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघिय संसदमा संसदिय दलका नेता राम सहाय यादव, नेकपा माओवादीका महासचिव देव गुरुङ, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभाका सभाअध्यक्ष गोविन्द न्यौपाने, माओवादीका नेता भरत साह, लोसपा नेता जितेन्द्र सोनल, कांग्रेस सभापती कृष्ण प्रसाद यादव, पूर्वमुख्यन्यायाधीवक्ता दीपेन्द्र झा, सांसद्हरू, विभिन्न दलका नेताहरूलगायत उपस्थित भएका थिए ।

बारा निर्वाचन क्षेत्र नं. १ को ‘ख’ बाट जसपा नेपालबाट प्रत्यक्ष निर्वाचित सांसद यादव मधेश प्रदेशको दोस्रो मुख्यमन्त्री हुन सफल हुनुभएको छ । यसअघिको पाँच वर्षीय कार्यकालमा उहाँ सभामुख हुनुहुन्थ्यो । मुख्यमन्त्री यादव एमाले, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र २ जना गरी कुल ७३ जना सांसदको समर्थनमा नियुुक्त हुनुभएको हो ।





