एसपी रिपोर्टर
जनकपुरधाम, पुष २२ :
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेशले संसदीय दलको नेता चयनका लागि शुक्रबार बोलाएको बैठक सम्पन्न भएको छ ।

शुक्रबार जनकपुरधाममा बसेको बैठकबाट संसदीय दलको विधान संसोधन सहित पारित गर्दै केन्द्रीय कार्यसमितिमा अनुमोदनको लागि पठाउने निर्णय गरिएको हो ।

संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने सहमति नभए निर्वाचन प्रक्रियामा जाने लोसपाको तयारी छ । लोसपाको प्रदेशसभामा ९ जना सांसद छन् ।