एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : नेकपा एमालेसम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज नवनिर्वाचित दलित समुदायका सांसद्हरुलाई सम्मान गरेको छ । बुधवार समाज धनुषा कार्यसमितिले आयोजना गरेको सम्मान तथा चुनावी समीक्षा कार्यक्रममा नवनिर्वाचित पार्टीका दलित सांसद्हरुको सम्मान गरिएको छ ।
कार्यक्रममा समाजका नेताहरु सहित उत्पीडित समुदायका समस्या समाधानमा नवनिर्वाचित सांसद्हरुद्वारा पहलकदमी लिइने विश्वास व्यक्त गरिएको छ । समाजका सक्रिय नेता तथा कार्यकर्ताका कारण मधेशमा नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको पनि उनीहरुले बताएका छन् ।

कार्यक्रममा सांसद प्रभु हजरा पासवान, लखन दास, पल्टीदेवी महरा लगायतको सम्मान गरिएको समाजका जिल्ला अध्यक्ष विनोदकुमार मण्डलले जानकारी दिएका छन् । कार्यक्रममा मुक्ति समाजका पूर्वअध्यक्ष जितु गौतम लगायत अगुवा नेताहरुको सहभागीता रहेको थियो ।