एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ११ : धनुषा २ मा मिश्रित नतिजा आएको छ । प्रतिनिधीसभा सदस्यमा कांग्रेस जित्दा प्रदेशसभा क मा एमाले र ख मा जसपा विजयी भएको हो । क्षेत्रको क प्रदेशसभामा निर्वाचित भए दलित समुदायका लखन लाल दास । विदेह नगरपालिकामा लगातार दोस्रो कार्यकालका लागि जितेका मेयर बेचन दासको भाई लखन प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनलाई विजयी गराउन कलाकार सन्तोष राज सहनीको अहम भुमिका रहेको छ । गितकार र संगितकारका रुपमा परिचित सन्तोष दिनरात खटेर दासलाई विजयी बनाउन अहम भुमिका खेलेका छन् । आफनो कला र हुनरले गृहनगर कमला नगरपालिकामा राम्रो प्रभाव बनाएका सन्तोष विजयी भएका दासको प्रदेशसभा निर्वाचन परिचालन समितिका सह–संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
सन्तोषले क्षेत्रको वडा देखि नगर र जिल्ला हुदै प्रदेश र देशका सबै नेता कार्यक्रताको अथक प्रयासले जित सम्भव भएको बताएका छन् । उनले प्रतिनिधीसभा सदस्यमा समेत जनताको मतले एमालेले नै जितेको दावी गर्दै न्याय पाउनेमा आशा व्यक्त गरेका छन् । प्रतिनिधीसभा सदस्यमा पुर्व मन्त्री उमाशंकर अरगरियाको आगमन एमालेका लागि एकदमै हितकर सावित भएको बताउदै उनले निर्वाचन आयोगले न्याय गर्ने बताए ।