एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १ : धनुषा निर्वाचन क्षेत्र नं. ३ मा जनमत पार्टीबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार ई शम्भुनाथ साहले आफु जित्ने दावी गरेका छन् । दुई ठुला भनिने गठबन्धन माथी जनताको विश्वास नरहेकाले आफु जित्न लागेको उनको दावी छ ।
घरदैलो र सभाको क्रममा जनताले परिवर्तण चाहेको आफुले पाएको उनको तर्क छ । उनले युवा नेतृत्वले मात्र देशमा परिवर्तन ल्याउन सक्ने तर कस्ता युवा छान्ने भन्ने विषय मुख्य रहेको बताए ।
जनमत पार्टी बिना गठबन्धन जनता माथी बिश्वास गरेर एक्लै चुनाव लडिरहेकाले जनताले न्याय गर्ने उनको कथन छ । तसर्थ जनताले मसिंर ४ मा आफुलाई भारी मतले जिताउनेमा उनी बिश्वस्त छन् ।