एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १ :
धनुषा निर्वाचन क्षेत्र नम्बर ३(ख)को प्रदेशसभा सदस्य पदमा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारहरुबिच कडा प्रतिस्पर्धा हुने भएको देखिन्छ । ५ वर्ष प्रदेशसभा सदस्य भएर काम गरि सकेका सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का परमेश्वर साह र निर्माण व्यवसायी रहेका दीपेन्द्र ठाकुर एमालेबाट उम्मेदवार छन् ।

यी दुई उम्मेदवार धनुषाको ३(ख)को प्रदेशसभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचनमा भिड्दैछन् । प्रदेश सभा सदस्य पदमा एमाले– जसपा गठबन्धनका तर्फवाट एमालेबाट उम्मेदवार बनेका ठाकुर जनकपुरधामका प्रसिद्ध रामानन्द यूवा क्लवका पूर्व अध्यक्ष समेत रहेकाले उनको पक्षमा यूवा वर्गको साथ रह्ने अनुमान गरिएको छ ।

यता लोसपाका उम्मेदवार परमेश्वर आफूले गरेको काम जनताले देखेको र प्रदेशसभामा आफूले प्रदेशको नामाकरण र राजधानी तोक्न खेलेको भूमिकाको विषयमा जनतालाई राम्ररी जानकारी रहेकाले आफ्नै पक्षमा मतदान गर्ने दावी गर्छन् । यी दुवै जना गठबन्धन दलका उम्मेदवारहरुको कडा प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारद्वय अम्भुप्रसाद साह र हरिशंकर साहले प्रभाव पारिरहेका छन् ।