एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १ : धनुषा २ प्रतिनिधीसभामा नेपाली कांग्रेसका उम्मेदवार पुर्वमन्त्री रामकृष्ण यादव र जसपा नेपालका उम्मेदवार गंगाराम यादव बिच निर्णायक प्रतिस्पर्धा हुने संकेत गरिएको छ । केहि मिडियाहरुले दुईजनाको तस्वीर राखेर मत सर्वेक्षणको काम समेत गरिरहेको देखिन्छ ।
वर्तमानमा जसपाले जितेको सो क्षेत्रमा जसपा नेपालका उम्मेदवार गंगाराम फ्रेस क्यान्डिेट रहेको र उनका प्रतिस्पर्धीहरु पुर्व मन्त्री र सांसदहरु रहेकाले जनताले उनीहरुको काम देखिसकेकाले जनताको झुकाव गंगाराम तर्फ रहेको जसपाको दावी छ ।
सत्ता गठबन्धनका उम्मेदवार रामकृष्णलाई गठबन्धनकारी दलहरुले पत्याउन नसकिरहेको अवस्थामा एमाले भित्र रहेर दशर्कौं देखि सक्रिय रुपमा समाजसेवाको काम गरेका र हाल जसपाका उम्मेदवार गंगाराम तर्फ सर्वसाधारणहरुको झुकाव रहेको बताइन्छ । तिनजना राजनितिक धुरन्दरहरुका बिच एक नयाँ उम्मेवारको यो रोचक प्रतिस्पर्धा देशमै चर्चामा रहेको छ ।