एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २७ :
जनमत पार्टीका नेता तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार शम्भुनाथ साहले आफु जिते किसानको समस्या समाधान गर्ने बताएका छन् । आइतवार जनकपुरधाम वडा नम्बर १२ मा घरदैलो कार्यक्रमको क्रममा उम्मेदवार साह किसानहरु वर्षो देखि मलखाद लगायतका समस्या भोगदै आएको भएपनि राज्य समाधान गर्न नसकेको आरोप लगाएका छन् ।

उनले जनमत पार्टी मात्र किसानहरुको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्ने बताए । नेता साह आफु जितेमा यस क्षेत्रमा सुशासन कायम गर्ने। बेरोजगारीको समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । त्यसैगरि जनमत पार्टीको धनुषा क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार रामबाबु साहले अन्य दलहरुको साहारा लिएर चुनाव लडने गठबन्धनका दलले जनताको कुनै काम गर्न नसक्ने बताए ।

उम्मेदवार साह आफुलाई ठुला भन्ने दलहरु दशकौैं देखि जनतालाई ठक्ने काम गरेकाले देश हरेक क्षेत्रमा पछाडि परेको र प्रगती हुन नसकेको बताए ।