एसपी रिपोर्टर
जनकपुरधाम, कातिक २५ : धनुषा क्षेत्र नं. २ का जनमत पार्टीबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार शम्भुनाथ साह फरक क्षमता भएका उम्मेदवार भएपनि उत्साहजनक रुपमा धरदैलोमा व्यस्त छन् । शुक्रवार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ४, ५ र ६ मा धरदैलो गरेका उनले मुखियापट्टी मुसरनियामा पनि घरदैलो गरेका छन् ।
गैर आवासिय मधेशी संघको अध्यक्षका रुपमा विदेशमा मधेशी युवाहरुलाई भरपुर सहयोग गरेका जनमत पार्टीबाट मुलधारको राजनितिमा पाइला टेकेका साह धनुषा ३ को जनता परिवर्तण चाहेकाले आफु जित्ने बताउछन् । उनले सोचेर मत खसाल्न आग्रह गरिरहेका छन् । उनको खुट्टा केहि फरक क्षमताको भए पनि जनताको घरदैलोमा पुग्न उनी कुनै कसर वाँकी राखेका छैनन ।