एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २३ : धनुषा क्षेत्र नं. ३ बाट जनमत पार्टीका प्रतिनिधिसभाका उम्मेदवार शम्भुनाथ साहले जनकपुरधामसंग अन्याय गरेका पार्टीहरुलाई चिन्न आग्रह गरेका छन् । साहले क्षेत्रको विकासका लागि सोचेर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
धनुषा क्षेत्र नं. ३ बाट पटक पटक जितेर मन्त्रीहरू बने पनि विकास हुन नसकेको बताउदै उनले परिवर्तनको पक्षमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।
बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपलेश्वरमा घरदैलो गरेका उनले मधेशी जनताको हितका चुनावी मैदानमा उत्रिएको बताए । उनले स्वदेशमै रोजगारको अवस्था सृजना गरी युवालाई विदेशिनबाट बचाउने पनि प्रतिबद्धता जनाए ।
उनले प्रतिनिधिसभा मात्र नभई क्षेत्रको दुईवटै प्रदेशसभाका उम्मेदवारहरू क्रमश डा. प्रसन्न झा र रामबाबु साहका साथै समानुपातिक मत गरी चारवटै ब्यालेटमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।