एसपी रिपोर्टर
जनकपुरधाम, कातिक २२ : धनुषा क्षेत्र नं. ३ बाट जनमत पार्टीका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार शम्भुनाथ साहले क्षेत्र नं. ३ को विकासका लागि सोचेर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
धनुषा क्षेत्र नं. ३ बाट पटक पटक जितेर मन्त्रीहरु बने पनि विकास हुने नसकेको बताउदै उनले परिवर्तणको पक्षमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् । क्षेत्रको गँगुलीमा घरदैलो गरेका उनले मधेशी जनताको हित आफुहरु नेपालमा मात्र नभई विदेशमा समेत गर्ने गरेको बताउदै अव स्वदेशमै रोजगारको अवस्था सृजना गरि युवालाई विदेशिन बाट बचाउने बताए ।
उनले प्रतिनिधीसभा मात्र नभई क्षेत्रको दुईवटै प्रदेशसभाका उम्मेदवारहरु क्रमश डा. प्रसन्न झा र रामबाबु साहका साथै समानुपातिक मत गरि चारवटै ब्यालेटमा जनमतपार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।





