एसपी रिपोर्टर
जनकपुरधाम, कातिक १८ : दुईवटा राष्ट्रिय गठबन्धनका बिच धनुषा ३ मा जनमत पार्टीबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार बनेका ई. शम्भुनाथ साहले आफु मात्र क्षेत्रको मौलिक उम्मेदवार भएको बताएका छन् । घरदैलो र प्रचार प्रसारमा सक्रिय उम्मेदवार साहले चर्चामा रहेका अन्य उम्मेदवारहरुको पुरा धरातम खोजे उनीहरु क्षेत्रवासी नै नरहेको र आफैलाई पनि मत हाल्न नमिल्ने उम्मेदवारहरु रहेको बताए ।
जनमत पार्टीको अन्तराष्ट्रिय संगठन गैर आवासिय मधेशी संघको अध्यक्ष भएर विदेशमा नेपाली र खास गरि मधेशीहरुको सुख दु:खमा समेत साथ दिएका ई. साह फरक क्षमता भएका उम्मेदवार पनि हुन । उनले आफु जिते जनमत पार्टीको एजेन्डा र उद्देश्य प्राप्तीका साथै वास्तिवक क्षेत्रवासीको जित हुने बताए ।
