एसपी रिपोर्टर
जनकपुरधाम, कातिक ८ :
जनकपुरधाम उपमहानगरपालिकाको अधिकाशं वडा पर्ने धनुषा क्षेत्र नं. ३ मा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । जसपा–एमाले गठबन्धनका प्रतिनिधीसभा र प्रदेशसभा उम्मेदवारहरु क्रमश जुली महतो र दिपेन्द्र ठाकुर अहिले घरदैलोमा अति व्यस्त छन् ।

https://www.facebook.com/spkhabarnepal/videos/1768512783494371

जनकपुरधाम विकासका लागि एक पटक मौका दिन भन्दै उनीहरु जनकपुरधाम उपमहानगरको विभिन्न वडाहरुमा पुग्ने गरेका छन् । सोहि क्रममा बुधवार उपमहानगरको वडा नं. १० र ११ मा पुगेका उनीहरु वडावासीहरु संग मत मागेका छन् । उनीहरुलाई घरका अभिभावकहरुले स्वागत समेत गर्ने गरेको छ ।

प्रतिनिधीसभा सदस्यका उम्मेदवार महतोले आफु जनतासंगै रहेकाले यसपालि जनताले मौका दिने बताउछिन भने ठाकुर नयाँ सोच र भिजनका साथ आफनो उम्मेदवारी परेकाले जनताले मौका दिने बताउछन् ।