एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २५ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक र केन्द्रिकृत शासनलाई उखेलेर फाल्न मधेश जनविद्रोहको शहिदहरुको बलिदानीको मुख्य भुमिका रहेको बताएका छन् ।
मधेशको भावना विपरित बनाउन लागिएको नेपालको संविधान २०७२ विरुद्व भएको आन्दोलनको क्रममा २०७२ साल भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रम अन्तर्गत जनकपुरधाममा शहादत दिएका शहीदहरु संजय चौधरी, नितु यादव र दिलिप यादवको सातौं श्रद्धाञ्जली सभालाई शहिदगेट मुजेलियामा सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री यादवले शहिदहरुको बलिदानीकै कारण देशमा आजको परिवर्तण सम्भव भएको बताएका छन ।
यादवले शहीदहरुले दिएको शहादत बाट प्राप्त संघीयता र समावेशिता लगायतका मुद्दाहरु संस्थागत गर्ने जिम्मा आफुहरुको काँधमा रहेको उल्लेख गर्दै यस्को रक्षा र अगामि अधिकार प्राप्तीका लागि आफुहरुको कदम पछाडी नहटने प्रतिवबद्धता समेत व्यक्त गरेका छन् ।
मुलुकमा विभेद विरुद्धको लडाई अझै जारी रहेको उल्ल्ेख गर्दै यादवले शहीदहरुले देखाएको बाटो आफुहरुका लागि मार्ग निर्देशन रहेको उल्लेख समेत गरेका छन् । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनामा शहिदहरुको बलिदानीनै महत्वपुर्ण रहेको उनको तर्क थियो । शहीद गेटमा निर्माण गरिएको तिनवटै शहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै अन्य ज्ञात अज्ञात शहिदहरु प्रति समेत श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
जसपाको जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेवको साहको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा पार्टीको राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रिय सदस्य एवं प्रदेश सरकारका राज्य मन्त्री योगेन्द्र राय यादव, नेता एवं समाजसेवी बलराम महतो, प्रदेश सरकारको पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, वडा अध्यक्ष पुण्यप्रताप यादव सहितका वक्ताहरुले शहिदहरुको बलिदानी र शहादतको विषयमा बोलेका थिए । सो अवसरमा शहिद परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।
एता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पिछडावर्गहरुको उत्थानका लागि पहिला र अहिलेको सरकारले समेत केहि गर्न नसकेको बताएका छन् । पिछडावर्गको जिवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, रोजगार र अवसर सहितका नितीहरुको परिवर्तण हुनुपर्नेमा अझैपनि आरक्षण शासकबर्गलाई नपचेको नेता यादवको आरोप थियो ।
जनकपुधाममा शनिवार आयोजित तेस्रो राष्ट्रिय पिछडावर्ग ओबिसी सम्मेलनलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री यादवले पिछडावर्गमा पर्ने तराई मधेशका जातजाती सहित पहाड र हिमालका समेत पिछडिएका समुदायको उत्थानका लागि सम्पुर्ण राजनितिक दलहरुको प्रगतीशिल साँझा अवधारणा आउनुपर्ने बताए ।
कार्यक्रममा जसपाका नेता बलराम महतोले मधेश आन्दोलनको मर्म र भावना अनुसार अझै पनि संविधान र कानुन काम गर्न नसकेको भन्दै वाँकी रहेका कामहरु पुरा गर्न र अधिकार प्राप्तीका लागि जसपा नेपाल क्रियाशिल रहने बताए । कार्यक्रममा पिछडावर्ग ओबिसी महासंघ नेपालका पदाधिकारी, अगुवा र अभियानीहरुले पिछडावर्गको समस्या, चुनौती र समाधानका विषयमा प्रकाश पारेका थिए ।