एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : आगामी मंसिर ४ गते हुन लागेको प्रदेश/प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिने चर्चाका बेला सर्लाहीबाट युवा नेता सुनिल प्रसाद गुप्ताले पनि पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
दलहरुले निष्ठा पुर्वक काम गर्न नसकेको र जनतामा बितृष्णा पैदा भएको भन्दै गुप्ताले आफू आवद्ध राजनीतिक पार्टी लोसपा परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन । लोकतान्त्रिक समाजवादी पार्टीको लोकतान्त्रिक युवा फ्रन्टको अध्यक्ष भई तीन वर्षसम्म नेतृत्व गरेका गुप्ताले सो पार्टी परित्याग गरेर स्वतन्त्र रुपमै उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गुप्ताले देशभर स्वतन्त्र उम्मेदवारको लहर चलेको र वैकल्पिक शक्तिले मात्र समस्याहरुको निकाश दिन सक्ने निश्कर्ष निकाल्दै सर्लाही ३ ख प्रदेशसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेको बताए । गुप्ताले राजनीतिक दलले दक्ष, योग्य, कर्तव्यनिष्ठ र संघर्षशील युवालाई भन्दा चाप्लुसीबाज, पैसा र पावरको खेती गर्नेलाई मात्र राजनीतिक अवसर दिने गरेकाले यस्तो निर्णय लिएको उनको भनाई छ ।
आयुर्वेद स्वास्थ्यकर्मी समाजको उपाध्यक्ष भएर पाँच वर्ष सम्म समाजमा काम गर्नुका साथै अन्य विभिन्न सामाजिक क्षेत्रमा लागेर जनताको सुख दु:खमा सहभागिता जÞनाउंदै आएकोले सो क्षेत्रका जनताको आकर्षण आफुप्रति रहेको युवा नेता गुप्ताको दाबी छ ।