एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सबैदल एक्ला एक्लै लडे कांग्रेस पनि लडने नभए गठबन्धन अति आवश्यक रहेको बताएका छन् । जनकपुरधाममा जनताको साथमा नेपाली कांग्रेस अभियानको समुदघाटन गर्दै पुर्वमन्त्री समेत रहेका यादवले एक्ला एक्लै लडने हैसियत नेपालमा अहिले कुनै पनि दलको नरहेकाले भन्दै गठबन्धननै सहि हुने बताए ।
उनले एमाले संग माओवादी मिलेकाले मात्र आफु गत निर्वाचनमा हारेको हिसाव किताब पनि सुनाए । नेपालमा वडाको आधारमा भएको मतको हरहिसाव अनुसार देशै भरिका साथै धनुषामा समेत गठबन्धनको मत बढि रहको बताए । उनले हरेक दल एक्लै एक्लै लडेको खण्डमा भने कांग्रेस पनि एक्लै लडदा कुनै फरक नपर्ने बताए ।

अयिभानका लागि धनुषमा खटाइएकी केन्द्रिय प्रतिनिधी तथा केन्द्रिय सदस्य नगिना यादवले जनताको घरदैलोमा गएर आफनो कुरा सुनाउनु भन्दा जनताको अपेक्षा बुझन यो अभियान ल्याइएकाले त्यसका लागि खट्न नेता कार्यक्रतालाई अपिल गरिन भने पार्टीका मधेश प्रदेशका संसदिय दलका नेता रामसरोज यादवले यस्ता अभियानले संगठन निर्माण, जनतासंगको जुडाव र सुदृढिकरणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा कांग्रेस धनुषाका सभापती योगेन्द्र पजियार, प्रदेश सांसद सरस्वती चौधरी सहितको उपस्थिती थियो । कार्यक्रममा पार्टीको निर्माण र संगठन बनाउन महत्वपुर्ण योगदान दिएका स्व. नेता विपी कोइराला सहितका नेताहरुको प्रतिमामा मल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।