एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २ : मधेश प्रदेशसभा अन्तर्गतको विकास समितीको सभापतीमा सांसद डा. रिना यादव चयन भएकी छिन् । गत बुधवार बिहान ११ बजे देखी बेलुका ५ बजे सम्म सचिवालयमा सभापतीमा उम्मेदवारको नाम दर्ताको समय सिमा राखिएकोमा निर्धारित समय भित्र डा. यादवको मात्र एकल उम्मेदवारी परेपछि उनी सो पदमा चयन भएकी हुन ।विहिवार बिकास समितीको बैठक पछी उनी सर्वसम्मत सभापती चयन भएकी हुन । सभापतीमा उम्मेदवारी दिएका सांसद डा. यादवको प्रस्तावक सांसद सुन्दर बहादुर बिश्वकर्मा तथा समर्थकमा जन्नत अंसारी थिए । पाँच दलिय गठबन्धनबाट जसपाकी उम्मेदवार डा.यादव विरुद्व प्रतिपक्षीहरुको तर्फबाट कसैले पनि उम्मेदवारी नदिएको कारण उनि निर्विरोध भएकी हुन । तत्कालिन राजपाले नेतृ विभा ठाकुरलाई हटाएर डा. यादवलाई समानुपातिक सांसद बनाएका थिए तर त्यसपछि एकिकृत भई बनेको जसपाबाट राजपा समुह फुटेपनि डा. यादव जसपामै रहिन र हाल उनी जसपाकी समानुपातिक प्रदेश सासद हुन् ।