एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : जसपा नेपालको मधेश प्रदेश सचिवमा नेता जितेन्द्र यादव चयन भएका छन् । मंगलवार जनकपुरधाममा पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले पार्टीको बुद्विजिवी संगठनका उपाध्यक्ष समेत रहेका यादवलाई प्रदेश सचिवको जिम्मेवारी प्रदान गरेका छन् ।
जनकपुरधाम सहित यस क्षेत्रमा सक्रिय यादव मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव समेत हुन । यादवले पार्टीले आफुलाई दिने कुनै पनि जिम्मेवारी निष्ठापुर्वक वहन गर्ने बताए ।
मल्लिक जसपा नेपालमा प्रवेश
यसैबिच डोम समुदायका अगुवा तथा धनुषा जिल्ला अध्यक्ष एवम् प्रदेश समिति सदस्य राजेश मल्लिक जसपा नेपालमा प्रवेश गरेका छन् । जनकपुरधाममा रहेका पार्टीका राष्ट्यि अध्यक्ष उपेन्द्र यादवले मल्लिकलाई सम्मान सहित पार्टीमा प्रवेश गराएका छन् ।